३,०७५ जनामा कोरोना संक्रमण, २,१२६ जना निको, ३३ को निधन


३ भाद्र २०७८, बिहीबार
korona

काठमाडौं, ३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पिअिसार परीक्षण गर्दा २,३२१ र ४,४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,१२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७