सर्वोच्चले भन्यो–अनसनरत भूपू गोर्खा सैनिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ व्यवस्था गर्नू


३ भाद्र २०७८, बिहीबार
sarbochha 1

काठमाडौं, ३ भदौं । सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

दुई पटकसम्म सुनुवाइ हुन नसकेको मुद्दाको बिहीबारका लागि तेस्रोपल्ट पेसी तोकिएको थियो । नेपाल सरकारले उचित पहल नगर्दा भूपू गोर्खा सैनिक र उनीहरूका परिवारले बेलायती सरह सेवा–सुविधा पाउन नसकेको भन्दै २९ साउनमा सर्वोच्चमा रिट दर्ता भएको थियो ।
अनसनरत नेपालीको जीवन रक्षार्थ पहल गर्न अन्तरिम आदेश माग गरिएको थियो । अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

‘अनसनमा रहेका व्यक्तिहरूको तत्काल जीवन रक्षाको आवश्यकता रहेको र सो व्यवस्था मिलाउनुपर्ने नेपाल सरकारको प्राथमिक दायित्व भएकाले बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा घले समेतको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ आवश्यक व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।

1 7
2 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७