तालिबानी क्रुरता : आत्मसमर्पण गरेका प्रहरीलाई हात बाँधेर हत्या, मरेपछि पनि बर्षाए गोली


३ भाद्र २०७८, बिहीबार
Taliban1629369210

काठमाडौं, ३ भदौं । अफगानिस्तानमाथि कब्जापछि पनि तालिबानको क्रुर गतिविधि कम भएको छैन । यस्तै एउटा डर लाग्दो दृष्य बदगीस प्रान्तबाट आएको छ ।

यहाँ तालिबानीहरुले बदगिसका पुलिस प्रमुख हाजी मुल्लालाई दिन दहाडै गोली हानी हत्या गरेका छन् । हाजी मुल्लाले केही दिनअघि तालिबान समक्ष आत्मसमर्पण गरेका थिए । यस घटनाको भिडियो अहिले सार्वजनिक भएको छ । यसमा तालिबानीले हाजी मुल्लाका दुवै हात बाँधेर कुनै सुनसान स्थानमा घुँडा टेकाएर राखेको देख्न सकिन्छ ।

तालिबानीहरु स्थानीय भाषामा केही बोलिरहेका हुन्छन् । केही बेरपछि हाजीमाथि दनादन गोली बर्साइन्छ । यसअघि बुधबार पनि एक तस्वीर सार्वजनिक भएको थियो । जसमा तालिबानले अफगानी सेनाका ४ कमाण्डरलाई कान्दाहरको एक स्टेडियम सयौं मानिस सामु गोली हानी हत्या गरिदिएका छन् । समाचार अनुसार यी कमाण्डरले १३ अगस्टमा आत्मसमर्पण गरेका थिए ।

यसका साथै तालिबान समर्थकले कान्दाहरमा शाह वली कोटका पुलिस प्रमुख पाचा खानको पनि हत्या गरेका छन् । तालिबान समर्थकले पाचा खान एक क्रुर कमाण्डर भन्दै तालिबान युवाहरुलाई यातना दिने गरेको दाबी गरेका छन् । तालिबानले उनलाई आममाफी घोषणा गर्नुअघि मारेका थिए ।

तालिबानले १५ अगस्टमा अफगानिस्तानको राजधानी काबुलमा आफ्नो झण्डा गाडे । तालिबानी शासनको ठीक पाँच दिनपछि अफगानिस्ता १९ अगस्टका दिन आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । तालिबानी कब्जाविरुद्ध देशका कयौँ भागमा अहिले प्रदर्शन भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७