अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर


४ भाद्र २०७८, शुक्रबार
46857489 9908157 zaki anwari 1 1200x768 1629387549 cTb57fFnqN

काठमाडौं, ४ भदौं । काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् ।

विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन ।

अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र समकक्षीका लागि भगवानसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

kabul

तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छाडेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौं मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झुण्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।

स्थानीय मिडियाका अनुसार कम्तीमा दुई जनाको विमानमा खसेर मृत्यु भएको छ । यता, कतार आइपुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको शव फेला परेको पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७