शिक्षामन्त्री मन्त्रीलार्इ मोसो दल्न गएका विद्यार्थीको कर्मचारीसँग झडप


प्रकाशित मिति : October 13, 2017

काठमाडौं: शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो ।

नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रबार ज्ञापनपत्र बुझाउने भन्दै ढाँटेर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । त्यसलगत्तै उनीहरुले ढोका थुनेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका थिए ।

शिक्षा विधेयकको नवौ संशोधन फिर्ता गर्नुपर्ने, बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा विद्यार्थीहरुले लगाएका थिए । झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि विद्यार्थीहरु कार्यकक्षबाट बाहिरिएका थिए ।

कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्