कहाँ–कहाँ छ आज बाढीको जोखिम ?


४ भाद्र २०७८, शुक्रबार
badhi 3

काठमाडौं, ४ भदौं । नेपालमा आज (शुक्रबार) पनि देशभर बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । आज देशभर बर्षाको सम्भावना रहेको र चार प्रदेशका केहि स्थानमा ठूलो पानी पर्न सक्ने मौसमविदले जानकारी दिएका छन् ।

बर्षाका कारण आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरूमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज इलाम, झापा, पाँचथर, मोरङ, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, चितवन, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, कास्की, म्याग्दी, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, सुर्खेत, कालीकोट, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, डोटी, बझाङ, दार्चुला, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।
आज यस्तो छ बाढीको पूर्वानुमान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७