मेलम्ची खानेपानीको पाइपलाइन विस्तारका क्रममा भत्कियो घर


४ भाद्र २०७८, शुक्रबार
melamchi khanepani sadak ratopati KabCCok7Sy

काठमाडौं, ४ भदौं । काठमाडौंको सामाखुसीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एक जना गम्भीर घाइते भएका छन् । काठमाडौं महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रह्लाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौंको सामाखुसी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७