यी हुन् नेपाल आइडल सिजन–४ का निर्णायक


४ भाद्र २०७८, शुक्रबार
239190469 10158895859856633 6600609668512232078 n

काठमाडौं, ४ भदौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ मा निर्णायकको टुङ्गो लागेको छ । शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरिएको छ ।

Nepal idol1627386116

पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ निर्णायक अनुवन्ध गरिएको हो । शोको होस्ट आशिफ साहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने जनाइएको छ । यस्तै आइडलको डिजिटल अडिसन शुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन शुरु भएको हो । भदौ ३१ गतेसम्म अडिसन दिन सकिने जनाइएको छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । आफ्नो स्वरमा दुई वटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७