माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई आयोगले सनाखतका लागि बोलायो


४ भाद्र २०७८, शुक्रबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं, ४ भदौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

प्रस्तावित दुवै पार्टीको नाम मिल्दोजुल्दो भएपछि अर्को नाम प्रस्ताव गरेका थिए । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७