१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धी ६ प्रतिशतले वृद्धि


४ भाद्र २०७८, शुक्रबार
Ejon Class10

काठमाडौं, ४ भदौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धी बढेको उल्लेख गरेको छ ।
शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धी ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गरायो ।

केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपललब्धीमै सन्तुष्ट हुन भने नसकिने बताए । एक हजार आठ सय विद्यालयका प्रधानाध्यापक, तीन हजार छ सय शिक्षक र ४२ हजार विद्यार्थीमा गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी, शहर, निजी विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धी बढी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७