मन्त्रालयहरुको बेरुजु ७१ अर्ब, कुनको कति ?


४ भाद्र २०७८, शुक्रबार
aartha mantralaya

काठमाडौं, ४ भदौं । महालेखा परीक्षकको कार्यालयले मन्त्रालयहरुको कुल बेरुजु ७१ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज (शुक्रबार) बुझाएको ५८ औं प्रतिवेदनमा महालेखाले अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु रहेको उल्लेख गरेको हो । अर्थ मन्त्रालयमा मात्रै १९ अर्ब ६ करोड ६८ लाख बेरुजु रहेको उल्लेख गरेको छ ।

यसअनुसार अर्थले १२ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ असुल नै गर्न नसकेको, ६ अर्ब ४८ करोड ९५ लाख नियमित गर्न नसकेको र १२ करोड ८५ लाख पेस्की बाँकी रहेको देखिएको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ बेरुजु देखिएको छ । मन्त्रालयले एक अर्ब ५ करोड ८६ लाख असुल गर्न बाँकी रहेको, २ अर्ब ८ करोड ८५ लाख नियमित गर्न बाँकी रहेको र ११ अर्ब ५५ करोड १ लाख पेस्की बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

कुन मन्त्रालयको कति बेरुजु ?
अर्थ मन्त्रालय : १९ अर्ब ६ करोड ६८ लाख (कुल बेरुजुको २६.८३ प्रतिशत)
भौतिक पूर्वाधार तथा यातायात : १४ अर्ब ६९ करोड ७२ लाख (२०.६८)
रक्षा : ९ अर्ब १० करोड ३० लाख (१२.८१)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : चार अर्ब ९० करोड २६ लाख (६.९०)
खानेपानी : चार अर्ब २८ करोड २७ लाख (६.०३)
सहरी विकास : ३ अर्ब ३४ करोड ४२ लाख (४.७१)
शिक्षा, विज्ञान तथा प्रविधि : २ अर्ब ९५ करोड ३१ लाख (४.१६)
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : २ अर्ब ६३ करोड ९८ लाख (३.७१)
ऊर्जा, जलस्रोत तथा सिँचाइ : २ अर्ब १४ करोड ३५ लाख (३.०२)
सञ्चार तथा सूचना प्रविधि : १ अर्ब ३८ करोड १८ लाख (१.९४)
अन्य मन्त्रालय : ६ अर्ब ५४ करोड ६० लाख (९.२१)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७