पोषण राहत कार्यक्रमको सुरुआत


५ भाद्र २०७८, शनिबार
tansen municipality RrDJlz2Mr2

पाल्पा, ५ भदौं । पाल्पा तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।

नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण छदेखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण राहत प्रदान गरिने भएको हो । कोभिड–१९ को महामारीले धेरै मानिस रोजगारी गुमेसँग जीविकोपार्जनमा समस्या देखिएको छ ।

आर्थिक रुपमा कमजोर परिवारका बालबालिका त्यसको ठूलो मारमा छन् । त्यस्ता परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन् । सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो ।

बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काले लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७