काबुल विमानस्थल सुरक्षार्थ अझै केही समय अमेरिकी सेना बस्ने


५ भाद्र २०७८, शनिबार
afganistal america army

काठमाडौं, ५ भदौं । अमेरिकाले अफागानिस्तानको काबुल विमास्थलको सुरक्षाका लागि अझै केही समय थप गर्न प्रस्ताव गरेको छ । नाटोका महासचिव जेन्स स्टोल्टनवर्गले गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा अमेरिकी सेनाको बसाइ अझै लम्ब्याउनुपर्ने प्रस्ताव गरेका हुन् ।

तालिवानी विद्रोहरुका कारण काबुल विमानस्थल अझै केही समय सञ्चलन गर्नुपर्ने भन्दै आमेरिकी सेनाले तत्कालै विमानस्थल छाड्न नहुने स्टोल्टनको भनाइ छ । उनले अमेरिकी सेनाको समय सीमा अगस्ट ३१ सम्म तोकिएपनि त्यसपछिको समय थप जटिले हुने भन्दै काबुल बसाइ अवधि लम्ब्याउनु पर्ने प्रस्ताव गरेका हुन् । तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएपछि हजारौं नागरिक सुरक्षित स्थानतर्फ जान खोजेकाले अझै केही समय विमानस्थल सहज रुपमा सञ्चालन गर्नुपर्ने अमेरिकी सेनाले जनाएको हो ।

हजारौं विदेशी नागरिकले अफगानिस्तानमा असुरक्षा महसुस गरेकाले ती नागरिकलाई सुरक्षित रुपमा स्वदेश फिर्ता पठाउन आवश्यक रहेको बताइएको छ । काबुल विमानस्थलमा अझै पनि अप्रत्याशित रुपमा भीड रहेको भन्दै ती नागरिकलाई सुरक्षित रुपमा काबुलबाट बाहिर निकाल्न आवश्यक रहेको अमेरिकी सेनाको तर्क छ । तालिवानीले सत्ता कब्जामा लिए लगत्तै काबुलबाट १८ हजार भन्दा बढी नागरिक विस्थापित भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७