१५ वर्षे सालीलाई अपहरण गरी बलात्कार


५ भाद्र २०७८, शनिबार
Rape for nayapage

नयाँदिल्ली, ५ भदौं । आफ्नै भिनाजुले सालीलाई अपहरण गरी बलात्कार गरेको खुलेको छ । १५ वर्षे किशोरीलाई आफ्नै भिनाजुले अपहरण गरी बलात्कार गरेको खुलेको हो ।

घटना हो भारतको ग्रेटर नोएडा वेष्टको । रविदासले उक्त हर्कत गरेका हुन् । केही समय पहिले रविदासले एक मुस्लिम युवतीसँग बिहे गरेका थिए । त्यसपछि उनले पत्नीकी १५ वर्षे बहिनीको अपहरण गरे र बलात्कार गरे ।

बिसरख थानाकी एसएचओ अनिता चौहानका अनुसार उक्त घटनाबारे पत्नीले पतिमाथि आरोप लगाउँदै निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपीले नाबालिकलाई कयौं दिनसम्म बलात्कार गरेको थियो ।

बहिनी बेपत्ता भएपछि पत्नीले पतिमाथि आशंका गरिन् । किनकी सोही दिनदेखि पति पनि गायब भएका थिए । पत्नीले पतिविरुद्ध रिपोर्ट दर्ता गरिन् । रविदास उत्तर प्रदेशको शाहजहापुरको रहेको पनि बताइएको छ । प्रहरीले ती नाबालिकाको मेडिकल गराएको थियो । सो मेडिकलमा बलात्कार पुष्टि भएको थियो । गिरफ्तारीपछि आरोपीलाई अदालतमा पेश गरिएको छ । जहाँ उसलाई १४ दिनको न्यायीक हिरासतमा जेल पठाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७