जनै र क्वाटीको व्यापार घट्यो


५ भाद्र २०७८, शनिबार
Kwati1629535252

काठमाडौं, ५ भदौं । जनै र जनै पूर्णिमाको समयमा खाइने क्वाटीको व्यापार घटेको व्यापारीहरुले बताएका छन् । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षहरुको भन्दा धेरै कम भएको बताएका छन् ।

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी तागत दिने खानेकुरा भए पनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाइ छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’

यसैबीच, असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोहीकोही बुढाबुढीले जनै लगे पनि युवाले लगाउननै छाडिसकेको बताए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेको बताए । तर, ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर, कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७