भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी


५ भाद्र २०७८, शनिबार
korona india

नयाँदिल्ली, ५ भदौं । भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणानुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् । जबकि, त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ संक्रमित थपिएका थिए ।

त्यसैगरी, अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने संक्रमित अवस्थामै रहेका संक्रमितको संख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो ।

कोरोना भाइरसबाट संक्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना संक्रमणमुक्त भएका हुन् । रासस / एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७