मलेसियाबाट ल्याइयो आठ नेपालीको शव


५ भाद्र २०७८, शनिबार
sab
फाइल फोटो

काठमाडौं, ५ भदौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका आठ नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ ।
मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीं अड्किएका नेपालीहरुको शव नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको हो ।

ती ८ नेपालीको शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
ती शवहरूलाई शनिबार नै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ । यसअघि पनि मलेसियाबाट पटक–पटक गरेर करिब ५० शव नेपाल ल्याइसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७