२,०७५ जनामा कोरोना संक्रमण, २,३८२ जना निको, ३० को निधन


५ भाद्र २०७८, शनिबार
korona birami butwal

काठमाडौं, ५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा थप २,०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा थप २,३८२ जना जना निको भएका छन् ।

१३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १,४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । थप २,३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७