माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ राखेकामा रमाए बाबुराम


६ भाद्र २०७८, आईतवार
baburam bhattarai

काठमाडौं, ६ भदौं । नेकपा एमालेबाट अलग्गिएर माधव नेपाल समूहले गठन गरेको नयाँ दलको नाममा समाजवादी शब्द राखेकामा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुशी बनेका छन् ।

नेता नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरी निर्वाचन आयोगमा दर्ताका लागि शुक्रबार निवेदन दिइएको छ । यसरी आफ्नो पार्टीले जस्तै समाजवादी शब्द राखेकामा डा. भट्टराई रमाएका हुन् ।

‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ । नयाँ दर्ता भएका दलहरूको नाउँबाट त्यस्तै संकेत मिल्छ,’ पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बहस होस् कस्तो समाजवाद ? प्रजातान्त्रिक समाजवाद ? वैज्ञानिक समाजवाद ? समावेशी÷सहभागितामूलक समाजवाद ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७