दुईपल्ट म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन


६ भाद्र २०७८, आईतवार
Jaya shingh dhami drone

काठमाडौं, ६ भदौं । दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका ३० वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा जान तुइन तर्ने क्रममा पारीतर्फ रहेका एसएसबीले तुइन फुकालिएइदिएको स्थानीयले बताएका छन् ।

घटना भएको तीन साता बितिसकेको छ । तर, घटनाको पर्सिपल्ट सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन ष्रेको पाँच सदस्यीय छानबिन समितिले अझै प्रतिवेदन तयार गर्न सकेको छैन ।

पहिलोपल्ट म्याद थपेर दिइएको १७ दिनमा पनि प्रतिवेदन लयार नभएपछि दोस्रोपटक म्याद थप भएको छ । तर मंगलबार सरकारले अर्को एक साता म्याद थपेको छ । ‘प्रतिवेदनका विषयमा छलफल भइरहेको छ ।’ संयोजक गौतम भन्छन्, ‘जयसिंहकोे डेथबढी र तुइन सेमत फेला नपर्दा केही ढिलाइ भएको हो ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७