जारको पानीमा मरेको भ्यागुतो


६ भाद्र २०७८, आईतवार

काठमाडौं, ६ भदौं । प्रशोधित खानेपानीको जारमा शुक्रबार मरेको भ्यागुतो भेटिएको छ । सदरमुकाम गाईघाट बजारमा शिल गरिएको खानेपानी जारभित्र मरेको भ्यागुतो भेटिएको हो ।

बजारकै कृष्ण स्टेशनरी नजिकै रहेको काल्र्स फार्मेसी सञ्चालक प्रतिमा चौधरीले खरिद गरेर ल्याएको पानीको जारभित्र मरेको भ्यागुतो फेला परेको बताए । दिउँसो खाजा खाने बेला शिल गरिएको जार खोलेर हेर्दा मरेको भ्यागुतो भेटिएको उनले बताए ।

गाईघाटमा रौता कम्पन्नीको खानेपानी उत्पादन सञ्चालित छ । त्यसबाहेक जिल्ला बाहिरका विभिन्न प्रशोधित खानेपानीका डिलर राखेर बेच्ने गरिएको छ । भ्यागुतो भेटिएको खानेपानीको जारमा उत्पादक कम्पन्नीको लेबल नटाँसिएकाले रौताको हो वा अन्य कम्पन्नीको भन्ने पहिचान हुन सकेको छैन् । जारमा कुनै लोगो पनि नभेटिएका कारण पहिचान हुन गाह्रो भएको हो ।

खानेपानीमा मरेको भ्यागुतो भेटिएपछि स्थानीयले तत्काल जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । तत्काल कार्यालयका नायव सुब्बा दिलबहादुर धौलाकोटीको टोलीलाई घटनास्थल पठाएर अनुसन्धन सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सञ्चालक आफू सदरमुकाम बाहिर रहेका कारण अनुसन्धानमा ढिलाइ भएको बताइएको छ । प्रशासनले पनि उत्पादक र बिक्रेतालाई पत्राचार गरी कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७