जनै पूर्णिमामा गोसाँईकुण्डमा भक्तजन घुँइचो


६ भाद्र २०७८, आईतवार

रसुवा, ६ भदौं । जनै पूर्णिमाको दिन पारेर आज रसुवाको गोसाँईकुण्डमामा हजारौं भक्तजनहरु स्नान गर्न पुगेका छन् । कोरोना संक्रमणको जोखिमको त्रासले स्थानीय प्रशासनले मेला स्थगित गरे पनि करिब दुई हजार भक्तजनहरु गोसाँईकुण्ड पुगेका छन् ।

कुण्डमा स्नान गरे पापबाट मुक्ति पाउने, आफूले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वास रहेको छ । त्यस्तै जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा गरी स्नान गर्नाले आनन्द प्राप्त हुनुको साथै पुन्य मिल्ने जनविश्वास छ ।

यता, तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोली समेत तयार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बिगत वर्षहरुमा करिब १० देखि १२ हजार भक्तजनहरुले मेला भरे पनि कोभिड संक्रमण पश्चात यो संख्या नबढेको हो । गोर्साइकुण्ड गाँउपालिका–५ मा अवस्थित गोसाईकुण्ड समुन्द्री सतहदेखि ४ हजार ३ सय ८० मीटरको उचाईमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७