जयसिंह धामीको न्यायका लागि नौ हजार ५०० हस्ताक्षर संकलन


६ भाद्र २०७८, आईतवार
Jata shingh dhami 1

कञ्चनपुर, ६ भदौं । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार ५०० हस्ताक्षर संकलन गरिएको छ ।

डडेलधुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए । ‘बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौं’, उनले भने, ‘संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौं ।’ ड्रोन क्यामेराको सहयोगमा खोजी कार्य गरिए पनि धामीलाई फेला पार्न सकिएको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७