दुईटा मोटरसाइकल जुध्दा तीन जनाको गयो ज्यान


६ भाद्र २०७८, आईतवार
Two motarcycle accident

बारा, ६ भदौं । बारामा दुई मोटरसाइकल आपसमा जुध्दा तीन जनाको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गए राति साढे १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । दुर्घटनामा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ ।

त्यसै गरी दुर्घटनामा प्रदेश २–०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७