ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल


६ भाद्र २०७८, आईतवार
global ime bank ग्लोबल आइएमई बैंक

काठमाडौं, ६ भदौं । ग्लोबल आईएमई बैंकले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैकले महिलालाई सशक्त बनाउने प्रयासस्वरूप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

उक्र कार्यक्रम अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

यसअघि, बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि ‘मेरी उनीलाई’ मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७