ढल्केबर सब–स्टेशनको तार चोरेको आरोपमा दुई जना पक्राउ


६ भाद्र २०७८, आईतवार
1 Dhalkebar 5.6 2078 0zBi9MkOtd

धनुषा, ६ भदौं । धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् ।

विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरमा ४०० केभी नेपाल–भारत विद्युत् व्यापार आयोजनाको स्टोर गरेर राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट मनिराजले तार चोरेका थिए । ह्याक्सो ब्लेडले तार काटिरहेको अवस्थामा सुरक्षा गार्डले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

चोरीको तार ‘एम के मेटल स्टोर’ मा बेच्ने गरेको खुलेपछि इप्रका ढल्केबर धनुषाको प्रहरीले नन्दकिशोरलाई प्रहरीले पक्राउ गरेको हो । ‘एम के मेटल स्टोर’ बाट प्रहरीले ३ लाख मूल्य बराबरको चोरीको तार बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७