नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता


६ भाद्र २०७८, आईतवार
kdmfkdmgmg1629613647

काठमाडौं, ६ भदौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरू उपलब्ध गराउने भएको छ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नबिल बैंकमार्फत ‘लेटर अफ क्रेडिट’ ‘डकुमेन्ट अगेस्ट पेमेन्ट’ र लोकल बैंक ग्यारेन्टीलगायत सुविधाहरू उपभोग गर्न सक्ने छन ।

उक्त सम्झौतबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आधुनिक बैंकिङ सुविधाहरू उपभोग गर्ने सक्नेछन् । सम्झौतासँगै दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रसम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको नबिल बैंकले जनाएको छ ।

बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुशी लागेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘यस व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ । दुवै बैंकका ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा–सुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ’, शाहले भने ।

नबिल बैंकसँग भएको उक्त सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आउदा दिनहरूमा प्रतितपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायत वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैंकका शाखाहरूबाट नै प्राप्त गर्ने सक्ने छन् । वैदेशिक व्यापारमा संलग्न ग्राहकहरूलाई समग्र बैंकिङ सुविधा पुग्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७