काबुल विमानस्थल बाहिर भागदौड हुँदा ७ जनाको मृत्यु


६ भाद्र २०७८, आईतवार
Capture 11

काबुल, ६ भदौं । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थल बाहिर भीडभाडका क्रममा कम्तीमा ७ जना अफगान नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अहिले त्यहाँको विमानस्थलमा त्यहाँबाट बाहिरिन चाहनेहरूको दैनिक भीड लागिरहेको छ । बेलायतको रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको भूमि अहिले धेरै नै चुनौतीपूर्ण बनिरहेको छ । तर जतिसक्दो सुरक्षा दिएर सम्हाल्ने कोशिस गरिरहेका छौं ।’ हजारौं अफगान नागरिक देशबाट निस्किने प्रयास गरिरहेका छन्, जसले गर्दा काबुलको विमानस्थलमा भागदौड मच्चिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७