देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना


७ भाद्र २०७८, सोमबार
rain

काठमाडौं, ७ भदौं । अहिले देशभर मौसम बदलीको अवस्था रहेको जनाइएको छ । अहिले प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा मौसमविदले जनाएका छन् ।

नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७