पन्जसिरमा तालिबान र मसुद समूहबीच भिडन्तको बढु्यो खतरा (भिडियो)


७ भाद्र २०७८, सोमबार
Taliban1629369210

काठमाडौं, ७ भदौं । अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिर आफ्नो नियन्त्रणमा लिन तालिबानका सयौं लडाकु आइतबार राति त्यहाँ पुगेका छन् । काबुलको उत्तरमा पर्ने पन्जसिर तालिबानविरोधी गढ हो, जसको नेतृत्व पूर्व मुजाहिदिन कमान्डर अहमद साह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् ।

अलकायदाले ९-११ अमेरिकी हमला हुनुभन्दा दुई दिनअघि अहमद साह मसुदको हत्या गरेको थियो । तालिबानले आफ्नो ट्वीटरमा लेखेको छ, ‘स्थानीय अधिकारीले शान्तिपूर्वक पन्जसिर प्रान्त हामीलाई दिन अस्वीकार गरेपछि इस्लामी इमिरेटका सयौं मुजाहिदिन लडाकुले त्यो नियन्त्रणका लागि अगाडि बढिरहेका छन् ।’

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँका हजारौं मानिस पन्जसिर गएका छन् । मसुदको नेतृत्वमा तालिबानविरोधी बलले तालिबानसँग युद्ध गर्न झण्डै ९ हजार मानिस एकजुट भएको दाबी गरेको छ । मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरबियासँग अफगानिस्तानका धेरै वटा प्रान्तबाट भागेर सरकारी सुरक्षाकर्मी पन्जसिरमा आएको बताएका छन् । उनले भनेका छन्, ‘हामी अफगानिस्तान रक्षाका लागि तयार छौं र यसका लागि रक्तपातमा उत्रिन पनि पछि हट्दैनौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७