उद्धारमा खटिएको अमेरिकी विमानमै अफगानी महिलाले जन्माइन् शिशु


७ भाद्र २०७८, सोमबार
120203688 2e29a101 8894 4d36 9c6a 0973c2b5ae76 QlpO2ESR5f

काठमाडौं, ७ भदौं । अमेरिकाले उद्धार गरेकी एक अफगान महिलाले विमानमै शिशुलाई जन्म दिएकी छन् । उद्धार उडानका क्रममा अफगान महिलाले उडिरहेको विमानमै शिशुलाई जन्म दिएकी बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरेका थिए । जसले ती सुत्केरी र उनको शिशुको ज्यान बचाउन मद्दत गरेको थियो।

जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकको टोलीले आमा र बच्चालाई सहयोग गरेका थिए । बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७