११५ वर्ष पुरानो रोपवे अलपत्र


७ भाद्र २०७८, सोमबार
Ropway 1024x576 1

काठमाडौं, ७ भदौं । ११५ वर्ष लामो इतिहास बोकेको हेटोंडा–काठमाडौं रोपवे २३ वर्षदेखि अलपत्र परेको छ । दुई दशक अघिदेखि बेवारिसे हुँदा करोडौंको सामान काम नलाग्ने भएका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा भीमफेदीको धोर्सिङदेखि मातातीर्थसम्म रोपवे सञ्चालन भएको थियो । २०११ सालको बाढी पहिरोले धोर्सिङस्थित पावर हाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरी २०१६ सालबाट हेटौँडा–मातातीर्थ–टेकुसम्म रोपवे निर्माण गरी २०२० सालबाट सञ्चालन हुन थालेको थियो ।

२०५५ साल जेठसम्म रोपवेको दर्जनौं डब्बाहरु हेटौंडा–काठमाडौँ आकाशमा गुडिरहेको देख्न सकिन्थ्यो । त्यसयता लगातार साढे तीन दशक हेटौँडादेखि काठमाडौंसम्म हेटौंडा–कुलेखानी–काठमाडौँ सडकको विभिन्न स्थानबाट आकाशमा वर्षौँदेखि रोपवेको क्यारियल (डब्बा) हरु झुण्डिरहेको देख्न सक्छि । पृथ्वी राजमार्गबाट सहज यातायात सुविधा भएपछि राजनीतिक खिचातानीको कारण २०५५ सालबाट बन्द भएको हेटौंडाको इतिहास खोजकर्ता केदार न्यौपानेले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७