चल्ला आज लुम्बिनी प्रदेशसभाको बैठक ?


७ भाद्र २०७८, सोमबार
Lumbini Pradesh Sabha

बुटवल, ७ भदौं । लुम्बिनी प्रदेशसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ । नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बुटवलस्थित प्रदेशसभा भवनमा बैठक बस्नेछ ।

यही भदौ ३ गतेका निर्धारित बैठक स्थगित गरी आजका लागि तय गरिएको हो । नवौं अधिवेशन भदौ १ देखि सुरु भए पनि दुई सांसदका कारण प्रदेशसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला वलीको विषयलाई लिएर नेकपा (एमाले) ले बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । एमालेले विना विभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाइएको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । एमालेले त्यसमा रोष प्रकट गरिसकेको छ । उनीहरू दुवै जना तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित हुन् । प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८० सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७