मेलम्चीमा बाँकी तीन झोलुङ्गे पुलमध्ये दुई वटा उच्च जोखिममा


७ भाद्र २०७८, सोमबार
melamchi head badhi 6

सिन्धुपाल्चोक, ७ भदौं । बाढीका कारण क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्चीमा फेरि पनि बाढीको जोखिम बढेको छ ।
नदीमा अहिले पनि बाढी आइरहेको छ । फेरि पानी पर्न थालेकाले नदीमा पानीको सतह बढ्ने खतरा छ ।

बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । झोलुङ्गे पुल बगाउने खतरा बढे पछि डोजरमार्फत संरक्षणका लागि जुटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।

तर, डोजरले नदीमा बहावलाई परिवर्तन गर्ने प्रयास गरे पनि बाढीका कारण त्यो सम्भव भएको छैन । गएको असार १ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल, एउटा झोलुङ्गे पुलसँगै रातो पुल बगाएको थियो ।

मेलम्चीमा अहिले तीन वटा झोलुङ्गे पुल छन् । तीन वटामध्ये दुई वटा पुल बाढीको जोखिममा परेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो भने २० जना अझै हराइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७