झुण्डिएको अवस्थामा शिशुसहित दम्पतीको शव फेला


७ भाद्र २०७८, सोमबार
susite

झापा, ७ भदौं । झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

‘शिशु पनि झुण्डिएको अवस्थामा छन् । घटनाको प्रकृतिक हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ सई जिम्बाले भने,’ ‘पहिला शिशुलाई झुण्ड्याएर पछि दुवैले आत्महत्या गरेको जस्तो देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७