राहत अभावमा गोबरगाढाका बाढीपीडित भोकभोकै


७ भाद्र २०७८, सोमबार
duban

सप्तरी, ७ भदौं । सप्तरीको कोशी टप्पुस्थित गोबरगाढाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । राहतको अभावमा बाढीपीडित भोकभोकै बस्न बाध्य छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार सप्कोशी नदीमा आएको बाढीले विस्थापित भएका छन् । उनीहरु विगत चार दिनदेखि भोकभोकै बसिरहेका छन् । कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका छन् । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोश, महेन्द्र यादव लगायतका स्थानीयको घर बाढीको चपेटामा परेको हो ।

अझै घर आँगनमा दुई /तीन फिटसम्म पानी जमिरहेको छ । जसले घरमा बस्ने अवस्था छैन । स्थानीय सीताराम यादवले भने, ‘खाद्यान्न पनि सकिन लाग्यो । अब भोकभोकै मरिने भइयो ।’ सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बाढीपीडित परिवारलाई खाद्यान्नलगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए । उनले बाढीपीडितलाई जतिसक्दो छिटो राहत वितरण गरिने जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७