चार वर्षीया बालिका मृत फेला


७ भाद्र २०७८, सोमबार
child death

रुकुम, ७ भदौं । रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका–३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।

बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताए । बालिकाको मृत्यु हुनुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७