देउवाको विकल्पमा साझा उम्मेद्वार खोज्न पौडेल समूहको छलफल


७ भाद्र २०७८, सोमबार
ramchandra

काठमाडौं, ७ भदौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेद्वार खोज्न रामचन्द्र पौडेलसहितका नेताहरुको आज (सोमबार) को बैठक सकिएको छ । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उम्मेद्वार खोज्न छलफलमा जुटेका हुन् ।

आजको बैठकमा कसरी सबैलाई मान्य हुने साझा उम्मेद्वार तय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । काठमाडौंको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरु जम्मा भएको बैठकमा सबैलाई मान्य हुने उम्मेदवार चयनका लागि छलफललाई निरन्तरता दिने सहमति भएको छ । नेपाल टेड्र यूनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणसिंह बस्नेतले जानकारी दिए ।

‘हाम्रो समूहबाट साझा उम्मेद्वार बनाउन सके हामीले महाधिवेशन जित्छौं र जित्नु पर्छ भनेर भेला आयोजना गरिएको हो’, भेलामा सहभागी एक नेताले भने, ‘महाधिवेशनेका मुखमा उम्मेदवारी सार्वजनिक गर्ने र आफ्नो पोजिसन बनाउने एउटा कुरा हो । तर, चुनाव जित्नका लागि सबैले केही न केही त्याग गर्न तयार हुनै पर्छ ।’

छलफलमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायत नेता उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७