महन्थ ठाकुरसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता


७ भाद्र २०७८, सोमबार
Mahantha thakur vijaya 2WJpDiU7fw

काठमाडौं, ७ भदौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले जनता समाजवादी पार्टी लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरुबीभ छलफल भएको थियो । साथै ठाकुरले जसपाबाट अलग्गिएर नयाँ पार्टी दर्ता गरेकोबारे पनि भाजपाका नेता चौथाइवालेले चासो देखाएका थिए । भेटको क्रममा चौथाइवालेले ठाकुरको नयाँ पार्टीसँग भाजपाको सम्बन्ध सुधार्न चाहेको प्रतिक्रिया दिएका थिए । साथै ठाकुरलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका थिए ।

सोमबार बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि चौथाइवालेले ठाकुरसँग भेट गरेका हुन् । सोमबार साँझ नै उनले पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७