काबुल विमानस्थलमा एक अफगान गार्डको हत्या, तीन घाइते


७ भाद्र २०७८, सोमबार
kabul 20210816083848

काबुल, ७ भदौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको गोली काण्डमा एक अफगान गार्ड मारिएका छन् । अरु तीन जना घाइते छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घर फिर्ता लैजाने प्रक्रियालाई तीब्र बनाइरहँदा विमानस्थलमा हमला भएको हो ।

जर्मन सेनाका अनुसार जर्मन र अमेरिकी सैनिकहरुबीच भीडन्त भएको थियो । समाचार अनुसार विमानस्थलको उत्तर गेटमा भीडन्त भएको हो । रोयटर्सका अनुसार तालिबानले विमानस्थको बाहिर बाक्लो संख्यामा आफ्ना लडाकू तैनाथ गरेको छ । अफगान गार्डले भने विमानस्थलमा अमेरिकी फौजलाई सहयोग गरिरहेको बताइन्छ ।

सिएनएनका अनुसार विमानस्थल बाहिरबाट अफगान गार्डमाथि हमला भएको थियो । एएफपीका अनुसार १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानबाट ३० हजार जति नागरिकलाई फिर्ता लगिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७