१,९२४ कोरोना संक्रमित निको, १,८०१ नयाँ थपिए, २४ को मृत्यु


७ भाद्र २०७८, सोमबार
korona

काठमाडौं, ७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७०४ पीसीआर परीक्षण गर्दा १,५४८ र २,६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १,९२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७