अफगानिस्तानबाट आएकाहरूलाई पोलियो खोप दिइने


७ भाद्र २०७८, सोमबार

काठमाडौं, ७ भदौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई पोलियोविरुद्धको खोप दिने भएको छ । अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट उद्धार गरी ल्याइएका सबै नेपालीलाई आजैदेखि पोलियो खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आईएचआर (इन्टरनेसनल हेल्थ रेगुलसन) को सिफारिसमा आजदेखि विमानस्थलमा नै पोलियो खोप दिने व्यवस्था गरिएको छ । यसअघि ल्याइएकाहरूलाई भने नजिकैको खोप केन्द्रबाट दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट आएकाहरू सबै उमेरका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । हालसम्म अफगानिस्तानबाट ५०४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ । सन् २०१६ यता सार्क राष्ट्रहरूमध्ये अफगानिस्तान र पाकिस्तानमा पोलियो रोग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७