आफ्ना तीन सय लडाकु मारिएको कुरा तालिबानद्वारा अस्वीकार


७ भाद्र २०७८, सोमबार

काबुल, ७ भदौं । तालिबानले कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिर जाने क्रममा तालिबानविरोधी लडाकुले हमला गरी आफ्ना तीन सय लडाकुको मृत्यु भएको भन्ने कुरालाई तालिबानले अस्वीकार गरेको छ ।

यसअघि एक स्रोतले तालिबानका तीन सय लडाकु मारिएको दाबी गरेको थियो । त्यो कुरा खारेज गर्दै तालिबानले बरु आफूले पन्जसिर प्रान्तका दुई जिल्ला नियन्त्रणमा लिएको दाबी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७