पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित


७ भाद्र २०७८, सोमबार
Police Press meet Rautahat Case

रौतहट, ७ भदौं । रौतहट प्रहरीले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको प्रकरणमा दुई जना प्रहरीलाई निलम्बन गरेको छ । पत्रकारलाई फसाउने कार्यमा प्रहरीको संलग्नता पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको हो ।

प्रहरीले गत साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो । तर, सीसीटीभी फुटेजमा उनको मोटरसाइकलमा लागुऔषध राखेको पाइएपछि प्रहरीकै कर्मचारी अनुसन्धानको दायरामा तानिएका थिए ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरका अनुसार गैरव्यावसायीक कार्य गरेको आरोपमा दुई प्रहरीलाई निलम्बन गरिएको हो । प्रहरीका अनुसार पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लाएको पाइएको छ । पछि उनैले प्रहरीलाई बोलाएर पत्रकार मोहम्मद मोजुबुल्लाहलाई पक्राउ गर्न लगाएको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७