छोराले गरे बाबुको हत्या


७ भाद्र २०७८, सोमबार
death

रोल्पा, ७ भदौं । रोल्पामा आइतबार राति आफ्नै छोराले बाबुको कुटेर हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ बागुरका २५ ववर्षीय टेकबहादुर नेपालीले ६० वर्षीय बाबु लक्षिमान दमाईको हत्या गरेका हुन् ।

हत्या अभियोगी नेपालीलाई गए राति नै पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए । ‘बाबुको हत्या गर्ने छोराले मदिरा सेवन गरेको देखिँदैन’ डिएसपी सुवेदीले भने, ‘घरायसी विवाद भएको पाइन्छ तर घटनाको थप अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७