तालिबानसँग लड्न पन्जसिरमा ‘नौं हजार लडाकु तयार’


७ भाद्र २०७८, सोमबार
panjasir ladaku GjTButRMPl

काबुल, ७ भदौं । अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको तालिबानले अहिलेसम्म आफ्नो पहुँचमा पार्न नसकेको एक मात्र प्रान्त बनेको छ– पन्जसिर । जहाँ अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् । तालिबानविरुद्ध युद्ध छेड्ने चेतावनी दिइरहेका छन् । यहाँ अहमद मसुद विद्रोही नेताहरूसँग सहभागी हुँदै लडाईंका लागि तयारीमा जुटेका छन् । उनले अफगानिस्तानको पूर्व सरकारका सेना र तालिबानविरोधीहरूलाई एकजुट गराइरहेका छन् ।

रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीले न्युज एजेन्सी एएफपीसँग तालिबानविरुद्ध झण्डै ९ हजार लडाकु तयार पारिएको बताएका छन् । तिनलाई तालिम दिने क्रम जारी रहेको उनले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामीसँग गाडी र हतियार पनि छन् ।’
उनले आफूले सरकार सञ्चालनका लागि नयाँ व्यवस्था चाहेको र यसका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन् । साथै आवश्यक परे युद्ध गर्नबाट पनि पछि नहट्ने चेतावनी उनले दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७