प्रिमियर लिगमा थप १६ जनामा कोरोना भाइरस संक्रमण


८ भाद्र २०७८, मंगलवार
120207628 gettyimages 1234682291 zdeb3D7l83

काठमाडौं, ८ भदौं । गत एक हप्तामा प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस्रो चरणमा थप ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि लिगको पहिलो हप्तामा ९ जना र १५ अगस्तअघि ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । प्रिमियर लिगले हरेक हप्ता दुई चरणमा गर्ने परीक्षणलाई कायम राख्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आइतबार आर्सनलबिरुद्धको खेल गुमाएका थिए । त्यस्तै, आर्सनलका डिफेन्डर बेन ह्वाइट पनि सङ्क्रमित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७