अन्द्राबमा तालिबान र विरोधी समूहबीच भीषण लडाईं, ५० बढी तालिबानी लडाकु मारिएको दाबी


८ भाद्र २०७८, मंगलवार
taliban

काठमाडौं, ८ भदौं । अफगानिस्तानमा तालिबानको कब्जाबाट बचेको एक मात्र प्रान्त पन्जसिरमा युद्धले खतरनाक मोड लिइरहेको पाइएको छ । पन्जसिर स्रोतको दाबीअनुसार अन्द्राबमा भएको लडाइँमा तालिबानका ५० भन्दा बढी लडाकु मारिएका छन् । साथै २० जनाभन्दा बढी लडाकु बन्धक बनाइएका छन् ।

त्यस युद्धमा तालिबानका रिजनल कमान्डर समेत मारिएको दाबी गरिएको छ । पन्जसिरतर्फका भने एक लडाकु मारिएको र ६ जना घाइते भएको बताइएको छ । तर तालिबानसम्बद्ध स्रोतले यो घटनाको पुष्टि गरेको छैन ।

यसअघि पनि पन्जसिरमा विद्रोही लडाकुको आक्रमणमा परी आफ्ना ३ सय लडाकु मारिएको दाबी तालिबानले अस्वीकार गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७