पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको आग्रह


८ भाद्र २०७८, मंगलवार
1527134438NSufinal

काठमाडौं, ८ भदौं । नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरी गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गरेका हुन् ।

तिमल्सिनाले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन मागसमेत गर्नुभएको छ । स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरिकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक पटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको नेविसंघको ठहर छ ।

नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७