पहिरोले धुञ्चे–रसुवागढी सडक अवरुद्ध


८ भाद्र २०७८, मंगलवार
pahiro parbat

रसुवा, ८ भदौं । अविरल वर्षापछि सडकमा पहिरो खस्दा धुञ्चे रसुवागढी सडक अवरुद्ध भएको छ । धुञ्चे–स्याफ्रु सडक खण्डमा पर्ने भार्खु डाँडामा पहिरो खस्दा मंगलबार बिहानैदेखि त्यस क्षेत्रमा सबारी साधन चल्न सकेका छैनन् ।

पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मंगलबार बिहानैदेखि स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । सडकमा ठूला ढुंगा समेत थुप्रिएकाले पहिरो हटाउन समय लाग्ने पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७